दफा ४२२
दोहोरो पारी सम्पत्ति हस्तान्तरण गर्न नहुने

(१) कसैले पनि एउटा व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति दोहोरो पारी अन्य व्यक्तिलाई हस्तान्तरण गर्न हुँदैन।
(२) उपदफा (१) विपरीत कसैले सम्पत्ति हस्तान्तरण गरेमा अचल सम्पत्ति हस्तान्तरण गरेको भए पहिले रजिष्ट्रेशन पारितभएको लिखतले कानूनी मान्यता पाउने छ र चल सम्पत्ति हस्तान्तरण गरेको भए जुन व्यक्तिले पहिले सम्पत्ति प्राप्तगर्दछ सोही हस्तान्तरण मान्य हुनेछ ।